खेलकुद

७५० औं गोल पुर्‍याए रोनाल्डोले

८ मंसिर, काठमाडौं ।

सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा ७५०औं गोल पूरा गरेका छन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सले युक्रेनी क्लब डिनामो किभलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गर्दै आफ्नो व्यक्तिगत ७५० गोल पूरा गरेका हुन् ।

रोनाल्डोले डिनामो किभविरुद्ध १३ वर्षपछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट २००३ मा डेब्यु गरेयता उनले १०२ गोल गरिसकेका छन् । यस्तै रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि ११८ गोल गरेका थिए । स्पेनिस क्लब रियल मड्रिडमा उनले ४५० गोल गरे ।

अहिले खेलिरहेका खेलाडीमध्ये रोनाल्डोसहित चार खेलाडीले मात्र पाँच सय गोल पूरा गरेका छन् । लिओनल मेसी, ज्लाटन इब्राहिमोभिच र रोवर्ट लेवान्डोस्कीले उक्त उपलब्धी हात पारेका छन् । यस्तै ७०० गोल पूरा गर्नेमा भने रोनाल्डो र मेसी मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *