खेलकुद

माछापुच्छ्रेको सहज जित,अभिषेकको शतक

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघद्वारा पोखरा रंगशालामा आयोजित प्राइमिनिष्टर छनोट तथा क्लव स्तरिय क्रिकेट प्रतियोगिताको जारि खेलमा माछापुच्छ्रे क्रिकेट क्लवले सहज जित हात पारेको छ ।माछापुच्छ्रेले अरञ्यज्योती क्रिकेट क्लवलाई २०६ रनको भारि रन अन्तरले पराजित गरेको हो । माछापुच्छ्रेले ७ विकेटको क्षतीमा २७६ रन जोड्दै २७७ रनको लक्ष्य पस्किए पनि अरञ्यज्योती सबै विकेट गुमाउँदै ७० रनमा समेटिएको थियो ।

माछापुच्छ्रेका लागि खेलका म्यान अफ दि म्याच अभिषेक थापाले व्यक्तिगत ११० रनको पारि खेले । उनी सँगै तेजेन्द्र घर्ती मगरले नट आउट रहँदै ६२ र मनोज कोइरालाले २७ रनको योगदान दिए । माछापुच्छ्रेलाई अरञ्ज्योतीले ३८ रन अतिरिक्त रनको रुपमा दिएको थियो ।

अरञ्ज्योतीका लागि प्रविण नेपाली र सन्तोष न्यौपानेले समान २–२ विकेट हात पारे भने अमित श्रेष्ठले १ विकेट लिएका थिए ।यता जवाफी व्याटिङका लागि उत्रिएको अरञ्ज्योतीका लागि प्रविण नेपाली वाहेक अन्य खेलाडीले दोहोरो अंकनै जोड्न प्रविणले ११ रन बनाए । माछापुच्छ्रेका वलर कृष्ण पौडेलले घातक वलिङ गर्दै ६ ओभरको स्पेलमा १९ रन खर्चिएर अरञ्ज्योतीका ३ जना खेलाडीलाई पेभिलिएन फर्काएका थिए । उनी सँगै अमृत गुरुङ, कृष्ण वास्तोला र रिषीकेश गुप्ताले समान २–२ तथा रित्तिक थापाले १ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *