सूचना प्रविधि

राष्ट्रिय आविष्कार केन्द्रमा कफीको गेडा भुट्ने मशीन, खरिद गर्न ईच्छुक ब्याबसायीहरुले हेर्न आउनु होस् र चित्त बुझेमा अर्डर गर्नु होस् | सवैले सियर गरौ ।

राष्ट्रिय आविष्कार केन्द्रमा तल फोटोमा देखाइए जस्तै कफीको गेडा भुट्ने मशीन (Coffee Roaster) बन्दैछ | खरिद गर्न ईच्छुक ब्याबसायीहरुले सो मशीन हेर्न आउनु होस् र चित्त बुझेमा अर्डर गर्नु होस् | सम्पर्क नं 9841592361 हो |यो कफी भुट्ने मशीन ताप्लेजुंग पुर्खेउली घर भै उर्लाबारी मोरंगमा बसोबास भएको र हाल काठमाडौँमा नै काम गरिरहेका भाई राजेश लिम्बुको नेतृत्वमा आविष्कार केन्द्रमा बन्दैछ |

राजेश भाईले टर्की भन्ने देशमा १४ बर्ष सम्म काम गर्दा ईटालियन डिजाईनको यस्तो कफी भुट्ने मशीन बनाउन सिकेका रहेछन | नेपालमा आएर पनि यो भन्दा पहिला आफ्नै घरमा यस्ता ६ ओटा मशीनहरु बनाएर बेची सकेका रहेछन | केहि महिना देखि उनले राष्ट्रिय आविष्कार केन्द्रमा आएर यहाँका अन्य ईन्जिनियर भाईहरु संग मिलेर त्यस्ता मशीनहरु बनाउदैछन |

यसरी आविष्कार केन्द्रमा यस्ता काफी मशीनहरु बनाएर बिक्रि गरि सके पछि आएको नाफाको केहि प्रतिशत उनले आविष्कार केन्द्रलाई पनि दान गर्नेछन |तल फोटोमा देखाईएको बनि सकेको मशीनको मूल्य ७ लाख पर्दछ र यसले एक पटकमा १० केजी सम्म कफी भुटछ | सो मशीन बिक्रि भैसक्यो | अनि बन्दै गरेको मशीनले २५ केजी सम्म कफीको गेडा भुटछ |

त्यसको मुल्य करिब १४ लाख रुपैंया पर्ने अनुमान गरिएको छ | ईटाली र टर्कीमा बनेका यस्ता मशीनहरु नेपालमा ल्याउँदा ५ केजी भुट्नेको १५ लाख रुपैंया जति, १० केजी कफी भुट्नेको २५ लाख जति र २० केजी कफी भुट्नेको ४५ लाख जति पर्छ रे | यसरी यहाँ हामीले बनाएको मशीन धेरै सस्तो पर्ने देखिन्छ | साथै हामीले आविष्कार केन्द्रमा बनाएको मशीन बिग्रेमा मर्मत गर्ने जिम्मा पनि केन्द्रले नै लिने छ | लौ त कफी ब्याबसायीहरुलाई आविष्कार केन्द्रमा स्वागत छ |🙏🙏🙏

साभार महाविर पुनको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *