अन्तराष्ट्रिय देश स्वास्थ्य-जीवनशैली

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं, १८ माघ । 

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको सापकोटाको भनाई छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *