मनोरञ्जन समाचार

हुन्छ कि बिवेदको अन्त्य द लि त ले पकाए,ब्राहमणले खाए, बुटवलमा भयो समता भोज ।

बुटवल ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा सम्पन्न हुनुको दिन आइतबार देशैभरका पत्रकारहरुले आ–आफ्नो जिल्लामा यहाँबाट थोरै भएपनि सकारात्मक सन्देश लिएर गएका छन् भने बुटवल नगरी नजिकै पर्ने एउटा मनोरम पार्कको आकर्षण पनि मानसपटलमा स’ल्बलाउँदै फर्किएका छन् ।

संघको महाधिवेशन बुटवल नगरिमा हुर्द छ भन्ने थाहा पाएपछि यहाँको एउटा बौद्धिक जमातले केहि न केहि रचनात्मक कार्य गरौं भन्ने कुराको छलफल अगाडी बढाए ’– त्यस बेला संघका नवनिर्वाचित अध्यक्ष विनोद पाहडी पनि म संगै हुनुहुन्थ्यो , त्यसपछि मानव अधिकार तथा शान्ति समाजले समता भोज अर्थात् दलित गैरदलित बीच सामुहिक भोजको आयोजना गरौं भन्ने निचोडमा पुगेका हौं ’– बुटवलका वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले भने ।

उनले बुटवल नगरीलाई यस्तो अवसर दिलाई दिएको प्रति संघका अध्यक्ष पहाडीलाई धन्यवाद समेत दिए । ‘देशभरका पत्रकार बुटवल नगरिमा जमघट हुनु हाम्रो लागि अवसर र खुशीको कुरा थियो ’–उनले थपे – ‘यो अवसरलाई हामीले केहि न केहि यहाँबाट सन्देश छर्ने र यहाँको पर्यटकिय विकासको प्रचार–प्रसार समेत गर्ने अवसरका रुपमा लियौं । ’

आइतवार बिहान महाधिवेशन सकिए लगत्तै पूर्वनिर्धारित कार्यक्रम अनुसार सहभोज आयोजना गरिएको स्थान बुटवल बजारको सुख्खानगरबाट अलि माथी जंगलबीचमा रहेको चारैतिर प्रकृतिक शौन्दर्यले भरिपूर्ण हिलपार्क पुगेका थिए विभिन्न जिल्लाका सयौं पत्रकारहरु । पूर्वी नेपाल देखि सुदुरपश्चिमसम्मका पत्रकारहरु त्यस पार्क भित्र जहाँ–जहाँ पुग्यो त्यही सेल्फी खिच्न आतुर देखिन्थे ।

मकवानपुर , चितवनबाट आएका केहिी पत्रकाहरु गेट भित्र पस्न साथ ‘वन पोज प्लीज ’ भन्दै साथीलाई तस्वीर खिचिदिन आग्रह गर्दै थिए । तेह्रथुम , ताप्लेजुङ्ग , भोजपुर । उता रामेछापतिरका पत्रकारहरु सुदुरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका पत्रकार साथीहरुसँग तस्वीर खिचाउँदै थिए । कोही फ्रि वाईफाई पार्कमा पुगेर फोटाहरु पोष्ट गर्दै थिए । चर्को घाम उकालो लागेकाहरु सितल छाहरी मुनी गफ गर्दै बसिरहेका थिए ।

शान्ति समाज रुपन्देहीका अध्यक्ष डि.पी खनालले आफुहरुको संस्थाले समता भोजको पुरै खर्च ब्यहोरे पनि पकाउने खुवाउने ब्यवस्थापनको जिम्मा दलित समुदायहरुलाई नै दिइएकोले आफूहरुले उनीहरुकै हातबाट खान खाएको बताए । दलितहरुले पकाएको खान खानेहरुमा ७० वर्ष उमेरसम्मका बृद्धा ब्राम्हण , क्षेत्री लगायत थिए ।
स्रोत: प्रेम सुनार/ग्लोबल आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *