फोटो समाचार समाचार

भिम रावल सुदुरपश्चिमको प्यारो छोरो र भरपर्दो नेता प्रमाणित ।

काठमाण्डौ माध १७ गते

राधाकृष्ण देउजा

२०५१ सालको तत्कालिन नेकपा एमालेको नौ महिने सरकारको मन्त्रिमण्डलमा दुवै सदस्य रहेको हिसाबले वहाँ आफ्नो समकक्षि पनि रहनु भएका तथ्य समेत भुलेर वर्तमान प्रधानमन्त्री केपी ओलीले नेकपाका नेता एवं असली राष्ट्रवादीताका पर्याय भिम रावललाइ होच्याउन नेता रावलको प्रदेश सुदुरपश्चिममै पुगेर “केटो” भन्न मात्रै भ्याउनु भएको थिएन , अझै अगाडी बढेर अव भिम रावलहरुको दिन सकियो भन्ने आसय समेत प्रकट गर्न भ्याउनु भएको थियो ।

आफ्नो इतिहासलाइ नै कालो पोत्न तयार भएर अलोकतान्त्रिक र असंवैधानिक रुपमा संसद विगठन गर्न तम्सिने प्रधानमन्त्री केपी ओलीले भिम रावल जस्ता सहकर्मीको मान मर्दन गर्दा अनौठो कसैले मानेको थिएनन तर सवैलाइ चिन्ता थियो कहीं कतै प्रधानमन्त्री केपी ओली अनि वहाँको कोटरीको अफवाहले सुदुरपश्चिमले आफ्नो छोरो , आफ्नो नेता भिम रावल प्रतिको वुझाई परिवर्तन गर्ने हो कि ? कतै सुदुरपश्चिममा भिम रावलको लोकप्रियता घटने हो कि तर भनिन्छ नि अफवाहले तथ्य ढाक्न सक्दैन ।

आज धनगढीमा सम्पन्न विशाल सभा र त्यसमा भएको व्यापक उपस्थितिले सन्देश दियो कि सुदुरपश्चिम अहिले पनि लोकतन्त्रको पक्षमा छ , संविधानवादको पक्षमा छ र सुदुरपश्चिम आफ्नो छोरो भिम रावलको नेतृत्व क्षमता प्रति गर्व गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *