समाचार

सामाजिक संजालको दुरुपयोग गरी बिभिन्न ब्यक्तिहरुलाई ठगी गर्ने ब्यक्ति पक्राउ ।

काठमाण्डौ माघ २७ गते ।

सामाजिक संजालको दुरुपयोग गरी बिभिन्न ब्यक्तिहरुलाई ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन्

सामाजिक संजाल Facebook, What’s apps, IMO, Fake Email बाट सिंगापुर, लण्डन, कोरियाको नागरीक हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई Friend Request पठाई Accept गर्न लगाई कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाई बिश्वासमा दिलाई पार्सल एवं गिफ्टको सामानहरु प्राप्त गर्नको लागि भन्सार शुल्क तिर्नु पर्छ भनी भारतबाट फोन समेत गरी नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउनु भनी नाम समेत दिई हाल सम्म बिभिन्न पीडित ब्यक्तिहरुबाटजम्मा रु. २६,८०,२७१।– (छब्बीस लाख असी हजार दुई सय एकहतर) IME गरी बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउन लगाई ठगि गरेको भन्ने पीडित ब्यक्तिहरुको निवेदन अपराध महाशाखामा निवेदन दिएका थिए ।

पीडितहरुलाई सामाजिक संजाल Facebook, Instragram, Whatsapp बाट friend Request पठाई साथी बनाई बिभिन्न प्रलोभनमा पारी पार्सलहरु पठाएको छु भनी बिभिन्न ब्यक्तिहरुको नाममा रकम IME समेत जम्मा गर्न लगाई पीडितहरुलाई बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउन लगाई रकम निकाल्दा रकम पठाएका ब्यक्तिहरुको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमती पत्र पेश गरी रकम लिने गरेको देखिएकोले ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरुको बारेमा अनुसन्धान गर्दै जाँदा तपसिलमा जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला झापा बिर्तामोड बस्ने बर्ष ३० को पंकज पौडेलीको संलग्नता रहेको देखिन आई निजलाई जिल्ला प्रहरी कार्यालय झापा संग समन्वय गरी निजलाई मिति २०७७।१०।२५ गते जिल्ला झापा बिर्तामोड बाट पक्राउ गरी निम्न समानहरु समेत बरामद गरी यस महाशाखामा ल्याई अनुसन्धान भैरहेको । हाल प्रारम्भिक अनुसन्धानको क्रममा निजको मोबाईबाट रु १,९५,१२,३५२।(एक करोड पन्चानब्बे लाख बाह्र हजार तिन सय बाउन्न रुपैया)- बिभिन्न व्यक्तिहरुबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको । सो सम्बन्धमा निज उपर थप अनुसन्धान तथा कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *