समाचार

यस्तो छ तपाईको चैत ३१ गते मंगलवारको भाग्य, पशुपतिनाथको दर्शन गर्दै राशीफल हेर्नुहोस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै अन्न लाभ पनि हुने छ । नजिकका साथीभाई टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज धन लाभको संभावना छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला । रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनु पर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । फाइदा मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पारिवारिक जमघटमा मन रमाउनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । काममा सोचे जस्तै सफलता मिल्नेछ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । लाभांश सञ्चय नहुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । काममा उचित मूल्य पाइने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पेटको खराबीले सताउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । अनावश्यक वादविवादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मेहनतले कीर्ति दिलाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *