समाचार

कर्मचारीलाई खुसिको खबर ओलि सरकारले हप्तामा दुई दिन बिदा दिन सिफारिस ।

काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्र कोरोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरुलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सिसीएमसीले कोरोना संक्रमण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिवार र आइतबार सरकारी कार्यलयमा बिदा दिन प्रस्ताव गरेको छ ।

यस्तै सीसीएमसीले आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । यस्तै सीसीएमसीले आजदेखि सञ्चालन हुने सबै खालको परीक्षा स्थगन गर्न सिफारिस गरेको थियो । यद्यपि परीक्षा भने यथावत छ ।

आइतबारको बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो । यस्तै बैठकले कोरोनाको उच्च संक्रमण फैलिरहेको छिमेकी मुलुक भारतीय सीमा नाकाहरुमा कडाइ गर्दै सीमानाकामा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *