विचित्र संसार समाचार

अब को’रोना हुनेले पनि बिमा रकम नपाउने ; बिमा सुविधा बन्द ।

काठमाडौ/ गत वर्ष वैशाखदेखि लागू गरिएको को’रोना बीमाको अवधि सकिएका कारण अब को’रोना भएकाहरुले पनि विमा रकम नपाउने भएका छन् । को’रोना विमा अवधी असारदेखि सकिने भएको छ ।

१९ ओटा निर्जी’वन बीमा कम्पनीहरूले संयुक्त रूपमा को’रोना बीमा योजना ल्याएका थिए । तर अब असारवाट म्याद सकिएका कारण बीमा रकम नपा’इने भएको हो ।

यसअघि को’रोना बीमा गरेकाले असारसम्म आवे’दन दिएमा मात्रै दा’वी भुक्तानी पाउने बताइएको छ । सरकारले रकम भुक्तानी नगरेको भन्दै यसअघि बीमाको निवे’दन दिएकाहरुले पनि रकम पाउन सकेका छैनन् । असार पछि बीमा गरेका पनि त्यसपछि आवे’दन दिनेहरूले भुक्तानी दा’वी गर्न पाउने छैनन् । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले असार मसान्तपछि संक्र’मित हुनेले को’रोना बीमा दा’वी गर्न नसक्ने बताए ।

बीमा कम्पनीहरुले अब असार पछि कुनै पनि को’रोना बीमा संचालन पनि नल्याउने बताएका छन् । उनका अनुसार को’रोना बीमा सम्बन्धी मापद’ण्डमा नै असारसम्म मात्रै लागू हुने गरी स्पष्ट व्यवस्था गरिएको छ। तर आवे’दन दिएर प्रमाणित भइसकेकालाई भने क्रमिक रूपमा रकम भुक्तानी गर्दै लगिनेछ । हाल कोरो’ना बीमाको भुक्तानी दायित्व सरकारमा सरेको छ ।

एक अर्ब निर्जी’वन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महावि’पत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहो’रेका छन् ।

साढे तीन अर्ब रूपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले बे’होर्ने गरी माप’दण्ड तयार भएको थियो । तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दा’वी भुक्तानी पाउन ढिला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *