समाचार

ओलीको सुझाव- भिम रावल जि‘हतारिएर दिएको राजीनामा फिर्ता लिनुस्’ ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सांसद पदबाट राजीनामा दिएका पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् ।

सोमबार १० औँ केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले रावललाई राजीनामा दिन नमिल्ने र राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । ​सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस् ।’

उपाध्यक्ष रावलले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वसाको मत हाल्न नहुने भन्दा नेपालले हप्काएर पठाएको ओलीको आरोप छ ।

ओलीले भने , ‘देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बना‌औं भन्दा, माधव नेपालले म विधि पद्धति निर्णय मान्दिँन, एक्लै भएपनि भोट हाल्छु भनेर भिम रावलहरुले हप्काएर पठाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *