समाचार

प्रदिप कमरेड , यति साह्रै अन्याय ? आफैँलाइ गाह्रो लागेन ?

राधाकृष्ण देउजा

नेपालको राजनीतिमा लामो समयसम्म एक सम्मानित नेता , सरल र मृदभाषीको अलावा सहि र सत्यको पक्षमा उभिने नेता भनेर चिनिनु भएका प्रदिप ज्ञवाली विगत केहि समय देखि निरन्तर गर्दै आउनु केपी भक्तिले अव केवल एक असल मानिस मा मात्रै सिमित हुनु भएको भन्ने लागेको थियो । तर यथार्थमा वहाँ एक असल मानिस पनि हुनुहुँदो रहेनछ कि भन्ने पो लाग्यो । ग्लोबल टिभीमा अन्तर्वार्ता दिँदै गर्दा वहाँलाइ माधव नेपाल र केपी ओलीको व्यक्तित्वको बारेमा बताउन भनियो । वहाँ केपी ओलीको गुट रुपी एमालेको प्रवक्ता र केपी ओलीको भित्रिया हुनुको नाताले वहाँले केपी ओलीलाइ राम्रो भन्नै पर्थ्यो भन्ने जसले पनि बुझ्छ तर त्यसो गर्दै गर्दा माधव नेपालको विषयमा चाहिं नकारात्मक मात्रै कुरा गर्नु पर्थ्यो त ? भन्ने सवाल जरुर उठछ भन्ने वहाँले बुझ्न चाहनु भएन वा सक्नु भएन ।

वहाँले माधव नेपालको व्यक्तित्व विश्लेषण गर्दै गर्दा २०६४ सालमा पार्टी तेश्रो भएको दोष माधव नेपाललाइ दिनु भयो , अनि गठबन्धनमा रहेको दल देखि कोहि कसै संग सल्लाह नगरी माधव नेपालले विगतमा प्रधानमन्त्री पद बाट राजिनामा दिनु भएको प्रसँग निकाल्नु भयो । समग्रमा वहाँको ठहर थियो कि माधव नेपाल प्रमुख पद सधैं चाहिने तर प्रमुख पदमा रहेर काम गर्न नसक्ने व्यक्ति भन्ने वहाँको ठहर थियो । माधव नेपाललाइ यस्तो ढंगले चित्रित गरिसके पछिआफ्नो गुटका महारथी केपी ओलीको वयान वखान के कति गर्नु भयो होला त्यो त भन्न आवश्यक नै छैन , त्यसो गर्नु स्वाभाविक नै भयो वहाँले । तर के माधव नेपाल वहाँले भनेकै जस्तो मानिस हो ? तथ्यले भन्छ माधव नेपाल आवश्यकता पर्दा जिम्मेवारी लिने र त्यो छोडनु उचित हो भन्ने लाग्दा छोड्न हिचकिच नगर्ने नेता हुनुहुन्छ । जहाँसम्म २०६४ सालको चुनाव छ त्यसबेला एमाले अनि काँग्रेसले जनताको मत नपाएको तर विश्वास पाएकोले हारेको हो अर्थात युद्ध बाट आक्रान्त जनता शान्ति चाहन्थे अनि जनतालाइ थाहा थियो कि एमाले काँग्रेसले हार्दा पनि बन्दुक उठाउने छैनन तर माओवादीले हार्दा युद्ध निरन्तर हुनेछ । त्यसो हुनाले त्यतीबेला जनमत नभएर एमाले हारेको थिएन र हैन ।

माधव नेपालको नेतृत्व थियो र त एमाले माओवादी अतिवाद र राजाको तानाशाही विच पनि गाउँ गाउँमा थियो , एमाले मात्रै त्यस्तो पार्टी थियो जसको गाउँमा संगठनहरु थिए । अरु केहि नभनौं होला यति भनौं कि प्रदिप ज्ञावली आफैंले आफु र वहाँका आदर्श केपी ओलीलाइ सोधे हुन्छ कि “ माओवादी सशस्त्र जनयुद्धको दौरान एमाले पार्टी संगठन बनाउन प्रकाश ज्वालाहरु राप्ति अञ्चलमा सक्रिय हुँदा यहाँहरुको मुकाम कहाँ थियो ?” अनि माधव नेपालको नेतृत्वमा एमाले कम्जोर भयो भनेर गुड्डी हाँक्ने यहाँहरुको केपी ओली अध्यक्ष भए पछि एमालेमा कति नया सदस्य बने ? उत्तर यहाँहरुले जे भने पनि हो चाहिं शुन्य ! अनि माधव नेपाल समेतले मिलेर बनाएको उठाएको पार्टीमा हालीमुहाली गर्ने अनि वहाँकै कमाइको व्याज खाने अनि वहाँलाइ नै गाली ? अनि त्यही अन्तर्वार्तामा माधव नेपाललाइ नीचा देखाउन वहाँले भन्नु भयो “ माधव नेपाललो नेतृत्व हुँदा काँग्रेस माओवादीहरु एमालेलाइ कित्ता छुट्याउन ललकार्ने गर्थे ” , वहाँलाइ काँग्रेस माओवादीले के भन्छन भन्ने त्यस्तो महत्व हुने रहेछ । अर्को पार्टीले के भन्छ भन्ने त्यतिवेला पनि अहिले पनि महत्वहीन हुन तर पनि फेरी जनताले के भन्छन भन्ने चाहिं सदैव महत्वपूर्ण हुन्छ । र सत्य के हो भने जनता हिजो देखि आजसम्म भनिरहेका छन कि माधव नेपाल लोकतन्त्र , लोकतान्त्रिक संविधान र गणतन्त्रका हिमायती हुन र त्यसका पर्याय हुन । अव केपी ओलीका सम्वन्धमा त जनता के भनिरहेका छन भनेर चर्चा गर्नै परेन ।

अलोकतान्त्र , असंवैधानिक गतिविधि , एकांकीपनको वहाँ हिमायती नै हुनु भएको छ । वहाँ आफ्नो व्यक्तित्व अनुसार अगाडी बढ्नु भएकै छ , त्यस प्रति चिन्ता नै छैन । अलिक उदेक लागेको त विश्लेषक भनेर ठानेको प्रदिप ज्ञवाली जस्तो मानिस तथ्यहीन कुरा गर्ने मानिसमा रुपान्तरण भएकोमा पो हो । अव यसो भन्दा केपी ओली गुटका भक्तहरुले मन दुखाउने , अनेकन कुतर्क गर्ने , गुटको विशेषता अनुसार तल्लो स्तरको शव्द प्रयोग गर्ने पक्का छ । उनीहरुलाइ कठै भन्नु भन्दा पनि यति भनौं कि “ बाबु हो , म आफुले लेखेको विषयमा तिमीहरु संग हैन स्वयम श्रद्धय प्रदिप ज्ञवाली संग सार्वजनिक वहस गर्न तयार छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *