राजनीति

समाजवादीहरु हो , अव केपीलाइ गाली गरेर हुदैन , अव जनताको भावना बोक्नु पर्छ ।

राधाकृष्ण देउजा
नेकपा एमाले भित्र व्याप्त अधिनायकवाद , व्यक्तिवाद, हैकमवाद संगको संघर्षको जगमा निर्मित नेकपा एकीकृत समाजवादी पार्टीको सामु अपार सम्भावनाहरु छन । राजनीतिमा व्याप्त भ्रष्टचार , अनैतिकता , वहुरुपियापण देखि वाक्क दिक्क भएका नेपाली जनतालाइ लामो राजनीतिक जीवनमा कमसेकम आर्थिक इमान्दारिता , सदाचार र शिष्टाचारको व्यवाहारिक प्रयोग गर्दै आउनु भएका माधव नेपालको नेतृत्वमा देश भरका सरल नेताहरुको सहभागितामा बनेको एकीकृत समाजवादी पार्टीले आशाको किरण छरेको छ । अव चाहिं साँचो अर्थमा इमान्दार अनि तथ्यको आधारमा हेर्दा अनुभवीहरुको यो पंक्तिले नेपालको राजनीतिमा सकारात्मक अध्यायको थालनी गर्दै , आम जनताको मन जित्छ भन्ने विश्वास सहित जनता हेरिरहेका छन , कुरी रहेका छन । त्यसैले एकीकृत समाजवादीका कोहि पनि नेताले अव समय खेर फाल्नु हुदैन , अव जनताको विश्वासलाइ सहि सावित गर्न जनताको पार्टी बन्न अव जनताको घर घरमा यो पार्टी पुग्नु पर्छ , जनताको आवाज बनेर जहाँसुकै जनआवाज बुलन्द गर्नु पर्छ ।

यो पार्टीको स्थापना स्वाभाविक रुपमा केपी ओली र उनको प्रवृति संगको लडाई बाट जन्मिएको हो तर अव त्यो अध्याय समाप्त भएको छ । अव केपी ओली र उनको गुट अर्थात एमाले जनताको विचमा पुग्दै गर्दा उसले हजारौं सवालहरुको उत्तर दिनु पर्नेछ । करोडौं भ्रष्टचार , झुटो राष्ट्रवाद , नक्कली लोकतन्त्रको घिन लाग्दो नाटक , संविधान माथि निर्मम प्रहार देखि कोरोना बाट मानिस जोगाउने भन्दा पनि त्यसबाट कमाउने धन्दा लगायतका थुप्रै तथ्यपूर्ण आरोप सहितको जनआक्रमणको सामना उनीहरुले गर्नु पर्नेछ । अनि ढुक्क भए हुन्छ कि जनताले फैसला गर्दै गर्दा केपी ओली र तिनको आडम्वरी गुटको पक्षमा फैसला आउने छैन । त्यसो हुँदा अव केपी ओली वा उनका उग्रपन्थी देखि मध्यपन्थी सेवकहरुलाइ गाली गर्नुको कुनै अर्थ छैन । उनीहरुले विगतमा के भने अनि के गरे भन्ने आधारमा अव के भनिरहेका छन र आगामी दिनमा के गर्न सक्छन भन्ने कुराको हिसाव किताव गर्न सचेत जनता काफी छन । त्यसो हुँदा अव एकीकृत समाजवादी पार्टी कुनै हालतमा सिंह दरवारको पटांगिनी कुरेर मात्रै बस्नु हुदैन , उनीहरुले अव आफ्नो समय कोहि कसैलाइ गालि गरेर पनि व्यतित गरिराख्नु हुदैन ।

अव केपी ओली गुट प्रतिको आक्रोशको च्याप्टर पनि बन्द अनि सत्ता गठबन्धन प्रतिको मोहलाइ पनि न्यून गर्दै अव निष्ठा , इमान्दारिता र पारदर्शिता सहितको शासनलाइ आफ्नो मूल मन्त्र बनाएर जनताको विचमा जानु पर्छ । नेकपा एकीकृत समाजवादीमा केहि इमान्दार अनुभवी नेताहरु हुनुहुन्छ अनि ठुलो संख्यामा पवित्र मन सहित सेवाको लागि राजनीति गर्नु पर्छ भन्ने युवाहरुको ठुलो पंक्ति पनि त्यहाँ छ । बुढाहरुको अनुभव र युवा जोशलाइ मिलाएर अगाडी बढ्दा राजनीतिक आकारमा बढोत्तरी हुन समय लाग्ने छैन । एकीकृत समाजवादीका सम्पूर्ण नेता कार्यकर्तालाइ हेक्का होस कि जनताले विकल्प खोजेको बेला गठन भएको यो पार्टी जनताले खोजेको पार्टी हुन सक्छ , आवश्यकता छ त केवल सवै पाइरखेर हैन सवै गुमाएर पनि जनताको पार्टी बनाउने दृढताको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *