खेलकुद भिडियो

स्याङ्जालाई हराउँदै तनहुँ बन्यो च्याम्पियन (भिडियो सहित)

पोखरामा जारी प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी तनहुँले जितेको छ । जिल्ला भलिवल संघ तनहुँले आज भएको फाईनल खेलमा स्याङ्जा जिल्लालाई पराजित गरी उपाधी हात पारेको हो ।

पोखरा रंगशालामा भएको फाइनलमा तनहुँले स्याङजालाई ३–२ को सेटमा हराएको हो । तनहुँले पहिलो सेट २५–२३ ले गुमायो । तर दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेट स्याङजाले २५–१३ ले जितेपछि खेल पाँचौं सेटसम्म पुगेको थियो । पाँचौं सेट १५–१० ले आफ्नो पक्षमा पार्दै तनहुँ च्याम्पियन बनेको हो ।

विजेता तनहुँले २ लाख तथा उपविजेता स्याङजाले १ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन ४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता थियो ।

(हेर्नुहोस् खेलको पुरा भिडियो )

भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *