भिडियो

तुल्सीलाई भरत भण्डारीले भारतमा लगेर बेपत्तापारेको र प्रहरीले जाहेरी लिन नमानेको भन्दै पत्रकार सम्मेलन । पत्रकार सम्मेलनमा आफ्नै छोरीको यस्तो भिडियो देखाउन ‘बिवस बाबु’ (भिडियो सहित)

काठमाडौं –

स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना भाइहरूसहित आएर छोरी कहाँ छिन्? भन्दै सत्य, तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पुनेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग नियमित सम्पर्कमा थिईन् । भरतले तुलसीलाई पटक–पटक या-तना दिएको पनि उनीहरुको दाबी छ

फागुन ८ गते भरतले तुल्सीलाई पि-टेको र उक्त भिडिओ भरतले नै तुलसीका काकालाई पठाएको परिवारको भनाई छ । त्यसपछि त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्कविहीन भएको उनिहरूको भनाइ छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भागी भन्ने जवाफमात्रै दिएको पनि तुलसीका परिवारका सदस्यहरुले बताए ।

जवाफमा भरतले भारतमा खोज्छु भन्ने जवाफ दिएको तर, आफूहरुलाई उसको जवाफ चित्त नबुझेपछि प्रहरीमा उजुरी दिएको काका अर्जुनप्रसाद तिमल्सेनाले जानकारी दिए । उनले भने,‘हामीले नयाँ बानेश्वरमा किटानी जाहेरी दियाैँ । तर, प्रहरीले निवेदन लिन मानेनन् । फागुन १४ गते हामी अछाममा गयौं, त्यहाँ पनि किटानी जाहेरी लिएनन् । ठाडो निवेदन दिन भनियो ।’

कार्यक्रममा तुल्सीको काका कृष्ण तिमिल्सेना, बुवा शिवराज तिमल्सेना र अर्का काकाले अर्जुन प्रसाद तिमल्सेनाले तुलसी बे-पत्ता भएको यत्तिका दिन बित्दापनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य, तथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरेका छन् ।

भिडियो हेर्नुहोला

पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *